काठमाडौं– आर्सनलले प्रिमियर लिगमा विजयी सुरूआत गरेको छ। शुक्रबार राति सम्पन्न यस सिजनको प्रिमियर लिगको पहिलो उद्घाटन खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २-० गोल अन्तरले पराजित गरेको हो।
आर्सनलको जितमा गाब्रियल मार्टिनेलीले एक गोल गरेका थिए भने एक गोल उपहार पाएको थियो।
खेलको २०औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। उनी यस सिजनको प्रिमियर लिगको पहिलो गोल गर्ने खेलाडी बनेका छन् ।
८५औं मिनेटमा प्यालेसका मार्क गुएहीले आत्मघाती गोल गरेपछि आर्सनलले सहज जित हात पार्यो।
योसहित आर्सनलले महत्वपूर्ण ३ अंक हासिल गरेको छ। आर्सनलले अब अर्को खेल अगस्ट १३ मा लेस्टर सिटीविरुद्ध खेल्ने छ। त्यस्तै, प्यालेसले भने अर्को खेल अगस्ट १६ मा साविकको उपविजेता लिभरपुलविरुद्ध खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।