काठमाडौं- लन्डन क्लब चेल्सीले डिफेन्डर मार्क कुकुरेलालाई अनुबन्ध गरेको छ। स्पेनिस २४ वर्षीय डिफेन्डर कुकुरेलालाई चेल्सीले अर्को प्रिमियर लिग क्लब ब्राइटनबाट अनुबन्ध गरेको हो।
चेल्सीले उनलाई ६० मिलियन पाउन्डमा ६ वर्षको लागि भित्र्याएको हो।
प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले पनि कुकुरेला अनुबन्ध गर्ने इच्छा देखाएको थियो। तर, चेल्सीले बढी रकम प्रस्ताव गर्दै उनलाई अनुबन्ध गर्न सफल भयो।
सिटीले गत महिना कुकुरेलाको लागि ३० मिलियन पाउन्डको प्रस्ताव गरेको थियो। क्याटलान क्लब बार्सिलोनाको एकेडेमीका उत्पादन कुकुरेलाले ब्राइटनका लागि गत सिजन ३८ खेलमा एक गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।