• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा
फिल्म समीक्षा

अपनत्व महसुस गराउन नसकेको ‘म’

64x64
युवराज भट्टराई शनिबार, साउन २१, २०७९  ०७:४६
1140x725

काठमाडौं– निर्देशक सूवर्ण थापाको फिल्म करिअरमा उनले जोखिम नउठाएका होइनन्। कुनै बेला ‘सुनगाभा’ फिल्म बनाएर उनले उठाउनु पर्ने जोखिम उठाएका थिए भने ‘मलामी’जस्तो लघु चलचत्रि बनाएर प्रयोग र कला पनि आफूले काम गर्ने दायरा हो भन्ने दर्शकमाझमा पारेका थिए। तर, ‘मलामी’ र ‘सुनगाभा’ लामो समयसम्म सूवर्णको कुनै पनि फिल्म रिलिज भएको थिएन्। यो साता उनको निर्देशनमा बनेको ‘म’ रिलिज भएको छ।

सीमित मध्येका फिल्म अध्यापन हुने संस्थाहरु मध्येको एक ‘कान्तिपुर फिल्म एकेडेमी’को निर्माण रहेको फिल्मले थापालाई पुनः निर्देशकको रुपमा प्रस्तुत गरेको छ केही वर्षपछि। फिल्ममा अधिकांश ‘कास्ट एण्ड क्य्रु’  यहि कलेजबाट छन्।

तर, फिल्मको अध्यापन गराउने ‘कान्तिपुर फिल्म एकेडेमी’को निर्माण रहेको फिल्मले खास वजन भने बोकेको छैन्। सरसर्ती भन्दा फिल्मको कथा गम्भीर हो, तर नेपाली उखानजस्तो ‘माल पायो, चाल पाएन’ झैं देखिन्छ ‘म’। फिल्मले पाएको कथालाई गम्भीर रुपमा मनन गरिएको भए र सोहीअनुसार फिल्म बनेको भए, बहस सिर्जना हुनसक्ने विषय यसले बोकेको थियो। तर, फिल्मको मूल कथा वस्तुभन्दा बाहेक कुनै पनि विषयमा फिल्मले नौलोपन दिन सक्दैन। सिनेमामा न मनोरञ्जन छ, न गाम्भिर्यता। यता न उता भएजस्तै गरि बीचमा अड्किएको ‘म’ ‘ढिकिच्याउँ’ भएको छ।

फिल्मको कथाको सुरुवात आत्महत्याको प्रयास गरेका आयुष रसाईलीबाट हुन्छ, जसलाई सञ्जोग रसाईलीले निभाएका छन्। डेब्यु कलाकारका रुपमा उनले गरेको काम ठिक मान्नु पर्छ। कथा उनकै सेरोफेरोमा घुमिरहँदा जति महत्त्व उनले पाउनुपर्ने हो, त्यो निर्देशकबाट दिइएको छैन। पारिवारिक प्रेमको अभावदेखि अभिभावकत्वको कमीका कारण आत्महत्यासम्मको अवस्थामा पुगेको युवकको कथा बोकेको फिल्ममा उभित्रको मनोविज्ञान खोतल्नुको सट्टा प्रहरीको काम एक आइटी कम्पनीका प्रमुख कार्यकारी निर्देशक (सीईओ)ले गरेकोमा केन्द्रित छ।

आयुष अस्पताल भर्ना भएसँगै उनले आत्महत्या गर्न चाहनुको कारण के हो भन्ने विषयमा खोजी हुन्छ। अस्पतालमा डा. सिसम (निशा अधिकारी अभिनित) आयुषको केसलाई ह्याडल गर्ने जिम्मेवारी दिइन्छ।

निन्द्रा नलाग्दा खाइने ‘बेन्जोडाइजेपिन्स’ नामक औषधि खाएर आत्महत्याको प्रयास गरेको आयुषले यो किन गर्यो भनेर अनुसन्धान गर्न खटाइन्छ, समर ठकुरीलाई, जो आयुषका बुबा मधुकर नेपालको आइटी कम्पनी ‘कान्तिपुर इन्फोसिस’मा सीईओ हुन्छन्।

अनुसन्धानका क्रममा आयुषको आनीबानीदेखि लागु औषधको लतमा फसेको कुरासम्मका पक्षहरु थाहा पाइन्छ। तर, आत्महत्याको प्रयास किन गर्‍यो भन्ने थाहा हुँदैन। मुख्य थाहा पाउनुपर्ने कुरा त्यो भए पनि अनुसन्धानकर्मी बनेका समरले आयुषका भुपु प्रेमी, तत्कालीन प्रेमी, जिमसँगै गर्ने साथीदेखि बारमा सँगै बस्ने साथीसम्मलाई भेट्छन्। विषयवस्तु उसले आत्महत्या किन गर्यो भन्ने नै भए पनि विगततर्फ उनीहरुको झुकाव बढी हुन्छ।

यहि श्रृङ्खलामा फिल्म चलिरहन्छ। पहिलो हाफपछि दोस्रो हाफमा जब आयुषको होस आउँछ, तब मात्रै उसले आत्महत्याको बाटो रोज्नुको कारण के हो भन्ने खुल्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

‘म’ ले उठाएको विषय गम्भीर छ। पारिवारिक प्रेमको अभावदेखि मानसिक अवस्थासम्मलाई फिल्मले वकालत गर्न खोज्छ। फिल्म त्यहि विषयकेन्द्रित घुम्न खोजे पनि बीचमा आएका अनावश्यक उपकथाहरुले फिल्मलाई खास रोमाञ्चक वा हेरिरहन पर्ने बनाउन सक्दैनन्।

युवापुस्ताले भोग्ने पारिवारिक प्रेमको अभावदेखि मानसिक स्वास्थ्यजस्तो विषय संवेदनशील विषय हो। अनुसन्धानात्मक शैलीमा फिल्मलाई ल्याएर सो विषयमा अन्त्य गरिँदा ‘म’ले विषयप्रति न्याय गर्दैन।फिल्मको प्रचारको क्रममा यसलाई ‘सस्पेन्स’ भनेर बताइरहँदा फिल्मको अन्तिममा हुने रहस्योघटनले पनि त्यसलाई खास समर्थन गर्दैन। जुन रुपमा फिल्मको अन्त्य भएको छ, त्यो असहज रुपमा सकिएको छ।

दर्शकलाई फिल्ममा फरक फरक शैलीमा यता उता घुमाउन खोजिए पनि निश्चित बिन्दुमा पुर्याउने काम फिल्मले गर्दैन। आयुषका बुबाले फोनमा किन उ मरिसकेको भने? उपचारका क्रममा विषेश महत्त्वका साथ राखिएको उ अस्पतालबाट भाग्दा किन कसैले थाहा पाएन्? अस्पतालबाटै भागेर उ समरकैमा किन गयो, जब आत्महत्याअघि उसले आफ्नो सबैभन्दा नजिक अरुलाई नै मानेर म्यासेज गरेको थियो? यस्ता थुप्रै प्रश्नहरु उठिरहन्छन् फिल्म सकिँदा।

आर्थिक विषयलाई फिल्ममा जोड्दा झन् यो कमजोर भएको छ। खेलसँग सम्बन्धित रहेर हुने बेटिङको प्रसंगहरु अनावश्यक लाग्छन्।  मूल कथासँग जोड्नै लागि जबर्जस्ती यी प्रसंगहरु उल्लेख गरिनुको खास महत्व फिल्मको गतिशिलतामा पाइदैन्।

अर्कातिर, फिल्मको कामजोर पाटो कन्टिन्युटीको छ। दृश्यहरुलाई सम्पादनको क्रममा अनावश्यक रुपमा ‘जम्प कट’ प्रयोग गरिनुले प्राविधिक पक्षबाट त्यो कन्टिन्युटीलाई राख्न नसक्ने पक्ष त छँदै छ फिल्ममा, सँगै सम्बन्धित दृश्यहरुमा पनि यो पक्षलाई खास वास्ता गरिएको छैन।

साथमा आयुषको फोन हुँदा हुँदै कल डिटेल्सको प्रिन्ट आउट उसको आत्महत्याको कारण खोजिरहेको समरले किन निकाल्यो? र प्रिन्ट आउट साथमा हुँदा हुँदै पनि उसले पटक पटक फोन नै किन बोक्यो? यस्ता प्रश्नहरु दर्शकको मनमा उब्जिन्छन्।

फिल्ममा आयुषको फोनमा उसले आत्महत्या प्रयास गरेको साँझ आफ्नी भुपु प्रेमिकासँग तस्बिर खिचेको हुन्छ। सुरुवातमा उक्त तस्बिर देखाइँदा ‘म्याड्रिक्स’ नामक कुनै रेस्टुरेन्टको सामुन्ने उनीहरुले तस्बिर खिचेको देखिन्छ। समर यहि तस्बिरमार्फत् आयुषकी भुपु प्रेमिका कृतिसम्म पनि पुग्छ, जसमार्फत् आगामी कदमहरुमा उसले रुवि, हिमालजस्ता आयुषका साथीहरुसँग पनि भेट्न पुग्छ। तर, उक्त कृतिले उक्त तस्बिर खिचेको दिन सम्झिँदा उनीहरु होटलको भित्र हुन्छन्। तस्बिर भित्र खिचिएको हुन्छ। यहाँ पनि निर्देशकले कन्टिन्युटीलाई राख्न सकेका देखिदैंनन्।

यो बाहेक फिल्म निकै नै सिकारु लाग्छ। खिचाइदेखि ध्वनीको पक्षबाट पनि फिल्म निकै कमजोर छ। ठाउँ ठाउँमा आवाजहरु फरक फरक सुनिन्छन्। एकै पात्रको आवाजमा पनि एकरुपता नभएका कैयौं दृश्यहरु छन्। बेलाबखत पाश्र्वध्वनी यति ‘लाउड’ बनाइएको छ कि त्यसले विषयको गाम्भीर्यतालाई महसुस नगराएर दर्शकलाई ‘झर्को’ लगाउँछ। 

फिल्ममा क्यामियो भूमिकामा श्रृष्टि श्रेष्ठ तथा सलोन बस्नेत देखिएका छन्। तर, उनीहरुको भूमिकाको खास तात्पर्य छैन्। फिल्मलाई लामो बनाउनुभन्दा बढी यी दुई पात्रले फिल्ममा खास महत्त्व बोक्दैनन्। तर, उनीहरुलाई फिल्मको कथासँग जोड्न विषयलाई तन्काउने काम निर्देशकबाट भएको छ।

अस्पतालमा भर्ना भएको व्यक्ति होसमा आउनुअघिको रिपोर्ट नियालेर उसको मनोवैज्ञानिक तथा मानसिक अवस्थालाई ‘अपराधिक’ करार गरिएको छ फिल्ममा। आत्महत्याको प्रयासलाई त्यसो नभएर सहानुभूतिका लागि चालिएको कदमका रुपमा स्थापित गर्न खोज्नु पनि फिल्मको कमजोर पाटो हो। यसले पनि मानसिक अवस्था तथा मनोवैज्ञानिक पक्षप्रति फिल्मले गरेको व्यवहार प्रस्तुत हुन्छ। 

कमजोर पक्षका रुपमा फिल्मको संवाद पनि छ। वयस्क पात्रले आफ्नी प्रेमिकासँग गर्ने संवादमा भएको क्लिसेपनले दर्शकलाई प्रेम महसुस नगराएर हसाउँछ। निर्देशक सूवर्ण थापाका दृश्यांकनका पक्षहरु ‘मलामी’मा निकै उत्कृष्ट थिए। दर्शकले उनको पुरानो काम सम्झिएर फिल्ममा त्यो कुराको खोजी गरेमा त्यो पाउन गाह्रो छ।

प्रेम, परिवार, बिछोडजस्ता विषयमाथि सैयौं फिल्म बनिसकेको र बनिरहेको बेला ‘म’मा देखाउन खोजिएको विषय आफैंमा फरक हो। तर, विषयमा केन्द्रित रहेर त्यसैको सेरोफेरोमा विषयको गाम्भीर्यतालाई उठाउने किसिमले फिल्मको कथा भन्न नसक्नु ‘म’को कमजोर पाटो हो। प्राविधिक कमजोरीहरुलाई वेवास्ता गर्ने हो भने पनि कथाको गाम्भीर्यतालाई फिल्मले गरेको अन्यायलाई वेवास्ता गर्न सकिदैँन्।

सिनेमाको अध्यापन गर्ने संस्थाले बनाएको फिल्म भएकाले यसमाथि दर्शकले आश गर्नु स्वभाविक हुन्छ। तर, फिल्मबारे पढाउने संस्थाले निर्माण गरेको भए पनि फिल्ममा सिनेचेत विकास गर्ने पक्ष र नवीन पाटो खोज्ने दर्शकहरु भने यसबाट दुःखी भएर फर्किनुपर्छ।

फिल्ममा खास ती कुराहरु छैनन्। मनोवैज्ञानिक विषयकेन्द्रित भएर बन्नुपर्ने सिनेमालाई ‘सस्पेन्स’ विधामा लैजानलाई थोपरिएका अनावश्यक उपकथा तथा विकासक्रमजस्ता पक्षहरुले फिल्मलाई फरक बनाउन चुकेको छ।

नयाँ कथा भए पनि नयाँ र रोचक दृश्य सिर्जना गर्न नसक्नुले फिल्मलाई खास महत्त्वपूर्ण बनाउँदैन्। 

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  ०७:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
रेड नोटिसमा रहेका बलात्कार आरोपी ओमानबाट पक्राउ, नेपाल ल्याइयो आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्