काठमाडौं– भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलको समूहण चरणबाटै बाहिरिएको नेपाली टोली बिहीबार स्वदेश फिर्ता हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली बिहीबार दिउँसो नेपाल फर्कने जनाएको हो।
एन्फाका अनुसार नेपाली टोली अपरान्ह ४ बजे नेपाल आइपुग्ने छ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो।
पहिलो खेलमा आर्थिक संकटबाट पिल्छिरहेको श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गरेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ३–० ले पराजित गरेको थियो।
फाइनल प्रवेशका लागि महत्त्वपूर्ण मानिएको तेस्रो खेलमा भने नेपालले आयोजक भारतसँग ८–० को अप्रत्यासित हार व्यहोरेको थियो। यस्तै, अन्तिम खेलमा भने नेपाल बंगलादेशसँग १–१ गोलमा रोकिँदै समूह चरणबाटै बाहिरियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।