काठमाडौं– भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले हाललाई नेपालमा मूल्य नघटाउने भएको छ।
निगमले एक विज्ञप्ति जारी गर्दै निगमले अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य नघटाउने जनाएको छ।
१ जुलाईमा प्राप्त मूल्य अनुसार एलपी ग्यासमा प्रति सिलिण्डर ५८२.४२ घाटा तथा १६ जुलाईमा प्राप्त मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा १४.१९ घाटा, डिजेलमा २११.९२ रुपैयाँ घाटा भइरहेको निगमले जनाएको छ।
पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कायम रहेको मूल्य अनुसार इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट श्रावण १६ प्राप्त नयाँ मूल्यसूची बमोजिम निगमलाई प्रतिलिटर पेट्रोलमा २.७८ नाफा, डिजेलमा ९.३७ घाटा, मट्टितेल तथा हवाई इन्धनमा केही नाफा तथा एलपी ग्यासमा प्रतिसिलिण्डरमा ४९९.५७ रुपैयाँ घाटा छ।
समग्रमा अझै पनि निगमलाई आगामी १५ दिनमा करिब ६३.५८ करोड (मासिक १ अर्ब २७ करोड) घाटा हुने स्थिति देखिएकोले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राख्नुपर्ने बाध्यात्मक अवस्था निगमले जनाएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।