काठमाडौं– प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले खेल नसकिँदै खेलाडी बाहिरिएको विषय स्वीकार्य नहुने बताएका छन्। युनाइटेडले गत आइतबार रायो भालेकानोसँग खेलेको मैत्रीपूर्ण खेल खेल्दाका दौरान क्रिस्टियानो रोनाल्डो खेल नसकिँदै ओल्ड ट्राफोर्डबाट बाहिरिएका थिए।
उक्त खेल १–१ को बराबरीमा सकियो। नयाँ सिजन सुरु हुनुअघि युनाइटेडको प्रि–सिजनमा यो नै अन्तिम खेल थियो। युनाइटेडले यसअघि एसिया भ्रमण गर्दा पारिवारिक कारणले गर्दा टोलीमा नरहेका रोनाल्डो गत साता युनाइटेड पुगेर टोलीको प्रशिक्षणमा सहभागी भएका थिए।
पहिलो रोजाइमा रहेर खेलको सुरुआत गरेका रोनाल्डो दोस्रो हाफमा परिवर्तन भएका थिए। प्रशिक्षक हागले रोनाल्डोको स्थानमा दोस्रो हाफको सुरुमै अमाद दियालोलाई मैदान प्रवेश गराएका थिए। परिवर्तन भएलगत्तै उनी स्टेडियमबाटै बाहिरिए।
‘म यो सहन्नँ। कसैका लागि पनि मलाई यो स्वीकार्न सकिने हो जस्तो लाग्दैन,’ हागले भने, ‘हामी एक टिम हौं र अन्तिमसम्म बस्नैपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।