काठमाडौं– पोर्चुगलका मिडफिल्ड रेनाटो सान्चेज पेरिस सेन्ट जर्मन (पीएसजी) जाने भएका छन्। २४ वर्षीया सान्चेजलाई पीएसजीले १५ मिलियन युरो तिरेर फेन्च क्लब लिलेबाट भित्र्याउने अन्तिम तयारी गरेको हो।
पीएसजी र लिलेबीच सान्चेजका बारेमा सहमति भइसकेको र छिट्टै सम्झौताबारे घोषणा हुने फ्रान्सेली समाचार माध्यमहरुले जनाएका छन्।
सान्चेजले लिलेबाट ९१ खेल खेल्दै ७ गोल गरेका छन्। उनी लिलेमा रहँदा २०२०–२१ सिजनको फ्रेन्च लिग र २०२१ को फ्रेन्च सुपर कप जितेका थिए।
सान्चेजले पोर्चुगलको राष्ट्रिय टोलीका लागि ३२ खेल खेलेका छन् भने ३ गोल गरेका छन्। २०१६ मा पोर्चुगलले युरोकप जित्ने टोलीमा सान्चेज पनि रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।