काठमाडौं– लण्डन क्लब चेल्सीले अमेरिकी युवा गोलरक्षक गाब्रिएल स्लोनिनालाई अनुबन्ध गरेको छ। चेल्सीले गत सिजन नै स्लोनिनालाई अनुबन्ध गर्न चाहेपनि यसपटक मात्रै सफल भएको हो।
चेल्सीले स्लोनिनालाई ६ वर्षको लागि अमेरिकी क्लब सिकागो फायरबाट १२ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो। चेल्सीसँग सम्झौता गरेपनि उनी अर्को सिजनमा चेल्सीमा आधिकारिक भित्रिने छन्। स्लोनिना यो समरमा रहिम स्टर्लिङ र कालिडो कोउलिबालीपछि चेल्सीमा अनुबन्ध हुने तेस्रो खेलाडी हुन्।
१० वर्षको उमेरदेखि सिकागो फायरसँग रहेका स्लोनिना १४ वर्षको उमेरमा अमेरिकी मेजर लिग सकर (एमएलएस) मा अनुबन्ध हुने दोस्रो कान्छो खेलाडी बनेका थिए। १७ वर्षको उमेरमा डेब्यू गर्दै उनी एमएलएस खेल्ने सबैभन्दा कान्छा गोलरक्षक बने।
उनले हालसम्म ३४ पटक खेलिसकेका छन्। अमेरिकाको उमेर समूह यू–१५, १६, १७ र यू–२० बाट प्रतिनिधित्व गरिसकेका उनले सिनियर टोलीमा भने मौका पाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।