• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मंसिर ४ मा चुनाव गर्न आयोग र सरकार तयार, घोषणामा किन विलम्ब?

64x64
डिबी खड्का मंगलबार, साउन १७, २०७९  २०:२२
1140x725

काठमाडौं-प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ मा गर्ने कुरामा सरकार र निर्वाचन आयोग तयार देखिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाबीच साउन १० गते भएको छलफलमा मिति टुंगो लागेको संकेत देखिइरहेका छन्।

प्रमुख निर्वाचन आयुक्त थपलियाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतका पछिल्ला अभिव्यक्तिले उक्त कुराको पुष्टि गरिरहेका छन्। तर निर्वाचन मिति घोषणामा भने विलम्ब भइरहेको छ।

सबैभन्दा पहिले साउन १० गते प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी मंसिर ४ गते प्रदेश र संघीय संसदको चुनाव हुनसक्ने बताएका थिए। स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले 'सम्भवतः अर्को मन्त्रिपरिषद् बैठक'ले निर्वाचनको मिति तोक्नेसमेत उल्लेख गरे। थपलियाको यो आत्मविश्वासको आधार स्वयं प्रधानमन्त्री देउवा हुन्।

पत्रकार सम्मेलनमा उपस्थित हुनुअघि उनी प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए। आयोगका एक कर्मचारीका अनुसार भेट्न जानुअघि थपलियामा एक प्रकारको तनाव देखिन्थ्यो। पत्रकार सम्मेलनको जिम्मासमेत प्रवक्तालाई दिएर उपस्थित हुन नसक्ने संकेत गरेका थिए। फागुनमा निर्वाचन सर्न सक्ने हल्लाले आयोगमै एक प्रकारको 'तनाव' थियो। 

आयोगका एक कर्मचारी भन्छन्, 'निर्वाचनलाई लिएर प्रमुख आयुक्तज्युको तनाव कर्मचारीबाट दिनैजसो हुने सवालले गर्दा हो। कुचो लगाउनेले हामीलाई निर्वाचन कहिले हुन्छ भनेर सोध्छन्। हामीले माथि सोध्दै जान्छौं। यो वर्ष 'निर्वाचन वर्ष' हुने भएकाले वर्षभरि नै थप पारितोषिक पाउने अपेक्षा कर्मचारीले गरेका छन्। फागुनमा हुँदा केही महिना नपाउने सम्भावना रहन्छ।'

त्यो दिन देउवालाई भेटेर फर्किँदा प्रमुख आयुक्त थपलिया खुसी देखिन्थे। त्यो दिन आयोगका कर्मचारीले नै अनपेक्षित जानकारी पाए- चुनाव मंसिर ४ मा हुन सक्छ।

जबकि निर्वाचन आयोगले मंसिर २ गते निर्वाचन गर्न सकिने प्रस्ताव सरकारलाई राखेको थियो। एक्कासी प्रमुख आयुक्त थपलियाले ४ गते निर्वाचन हुन सक्ने बताए। उनले उक्त पत्रकार सम्मेलनमा भने, ‘आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गर्नका निम्ति आयोगले सम्पूर्ण व्यहोरासहित एकै चरणमा गर्ने गरी मिति सिफारिस गरिसकेको छ। आयोगको परामर्शमा नेपाल सरकारबाट मिति तय हुने कानुनी व्यवस्था अनुसार आउँदो क्याबिनेटको बैठकबाट मंसिर ४ गतेको मिति तोकियो भने यसलाई आश्चर्य नमान्दा हुन्छ।'

उनले हदै टाढा गए एउटा अर्को बैठकसम्म जानसक्ने कि, नभए आयोगले परामर्श दिएकै मितिको सेरोफेरोमा आउँदो निर्वाचनको मिति तोकिने भन्दै आन्तरिक तयारी समेत थालिसकिएको त्यस दिन बताएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

आयुक्त थपलियाको भनाइलाई दुई दिनपछि साउन १२ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पुष्टि गरे। उनले मंसिर ४ मै संघ र प्रदेशको निर्वाचन हुने बताउँदै प्रधानमन्त्री देउवा त्यही दिन वा अर्को दिन घोषणा गर्ने तयारीमा रहेको तर आफूले रोकेको बताए।

उनले पार्टीनिकट प्रेस सेन्टरका पदाधिकारीसँग छलफलमा गर्दै केही दिनमै चुनाव घोषणा हुने बताएका थिए। उनको भनाइ थियो,  'प्रधानमन्त्री देउवाले आज-भोलिमै निर्वाचनको घोषणा गर्छु भनेको भए पनि मैले केही कानुन निर्माण भएपछि मात्रै गर्न सुझाव दिएको छु।'

मंसिर ४ मै निर्वाचन तय गरिएको पुष्टि नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले साउन १३ गते गरे। नेपाल प्रेस युनियनको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रममा उनले उक्त मितिमा निर्वाचन हुने पक्कापक्की भएको बताए। उनको भनाइ थियो,  'मंसिर ४ गते  निर्वाचन हुँदैछ । पक्कापक्की छ। केही दिनमा औपचारिक रूपमा त्यो घोषणा हुन्छ।'

धर्म र ज्योतिषमा विश्वास गर्ने देउवाले उत्पतिका एकादशी परेकाले मंसिर ४ लाई शुभ ठानेको हुनसक्ने कांग्रेस अर्का नेता बताउँछन्। उनी भन्छन्, 'मंसिर ४ मा उत्पतिका एकादशी पर्छ। धार्मिक मान्यताअनुसार त्यो खराबविरुद्ध असलको जितको दिन हो। त्यसैले मंसिर ४ मा चुनाव गर्ने कुरामा सभापतिज्यूले जोड दिनुभएको होला।'

किन विलम्ब?
चुनाव मंसिर ४ गते गर्ने तयारी गरेको सरकारले किन ढिलाइ गरिरहेको छ? माओवादी केन्द्रका एक नेताका अनुसार, नेकपा माओवादी केन्द्रले केही दिन रोक्न भन्नुका दुईटा कारण थिए- एउटा नागरिकता विधेयक र अर्को अर्थमन्त्रीमा जनार्दन शर्माको पुन:नियुक्ति।  नागरिकता विधेयक पास भइसकेको छ भने  शर्मा फेरि अर्थमन्त्री बनिसकेका छन्। 

माओवादी केन्द्र भित्रै एकथरी नेताहरु सांसदहरुले सपथ फागुनमा मात्रै लिएकाले उक्त समयसम्म रहनुपर्ने तर्क गरिरहेका छन्। एकीकृत समाजवादीका नेताहरु पनि फागुनमा सार्ने कुरामा सकारात्मक छन्। कानुन विज्ञहरुले उक्त विषयमा सकारात्मक प्रतिक्रिया दिएका छन्। 

चुनाव सार्ने चर्चा चल्दै गर्दा बुधबार संविधानविद् भीमार्जुन आचार्यले मंसिर १० भन्दा पर निर्वाचन सार्न नमिल्ने बताएका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भनेका छन्, 'प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हो। कार्यकाल सकिनुअघि अर्थात मंसिर १० गते भित्र निर्वाचन सम्पन्न भइसक्नुपर्छ।'

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा अदालतले पाँच वर्षअघि विघटन गर्न नपाइने फैसला गरेको थियो। त्यही तर्क अघि सारेर फागुनअघि संसद विघटन गर्न नपाइने तर्कमा पनि उनले आफ्नो भनाइ राखेका छन्। उनी भन्छन्, 'निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुने भएकाले फेरि विघटन गरिराख्नु पर्दैन। संसद् नै नरहेपछि सांसद रहने भन्ने कुरै हुँदैन। स्थापित मान्यताको कदर गरौं, अति नगरौं।'

सरकारका एक मन्त्री भने सत्ता गठबन्धनमा केही कुरा मिलाउन अझै बाँकी रहेकाले कम्तिमा यो हप्ता निर्वाचन घोषणा नहुने बताउँछन्। उनले भने, 'सत्ता गठबन्धनमा केही कुरा गर्न अझै बाँकी छ। त्यो पूरा नभएसम्म निर्वाचन घोषणा हुँदैन।' उनले महत्त्वपूर्ण विषय बताए पनि खुलाउन चाहेनन्।
 

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  २०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवित उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्