• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मंसिर ४ मा चुनाव गर्न आयोग र सरकार तयार, घोषणामा किन विलम्ब?

64x64
डिबी खड्का मंगलबार, साउन १७, २०७९  २०:२२
1140x725

काठमाडौं-प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ मा गर्ने कुरामा सरकार र निर्वाचन आयोग तयार देखिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाबीच साउन १० गते भएको छलफलमा मिति टुंगो लागेको संकेत देखिइरहेका छन्।

प्रमुख निर्वाचन आयुक्त थपलियाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतका पछिल्ला अभिव्यक्तिले उक्त कुराको पुष्टि गरिरहेका छन्। तर निर्वाचन मिति घोषणामा भने विलम्ब भइरहेको छ।

सबैभन्दा पहिले साउन १० गते प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी मंसिर ४ गते प्रदेश र संघीय संसदको चुनाव हुनसक्ने बताएका थिए। स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले 'सम्भवतः अर्को मन्त्रिपरिषद् बैठक'ले निर्वाचनको मिति तोक्नेसमेत उल्लेख गरे। थपलियाको यो आत्मविश्वासको आधार स्वयं प्रधानमन्त्री देउवा हुन्।

पत्रकार सम्मेलनमा उपस्थित हुनुअघि उनी प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए। आयोगका एक कर्मचारीका अनुसार भेट्न जानुअघि थपलियामा एक प्रकारको तनाव देखिन्थ्यो। पत्रकार सम्मेलनको जिम्मासमेत प्रवक्तालाई दिएर उपस्थित हुन नसक्ने संकेत गरेका थिए। फागुनमा निर्वाचन सर्न सक्ने हल्लाले आयोगमै एक प्रकारको 'तनाव' थियो। 

आयोगका एक कर्मचारी भन्छन्, 'निर्वाचनलाई लिएर प्रमुख आयुक्तज्युको तनाव कर्मचारीबाट दिनैजसो हुने सवालले गर्दा हो। कुचो लगाउनेले हामीलाई निर्वाचन कहिले हुन्छ भनेर सोध्छन्। हामीले माथि सोध्दै जान्छौं। यो वर्ष 'निर्वाचन वर्ष' हुने भएकाले वर्षभरि नै थप पारितोषिक पाउने अपेक्षा कर्मचारीले गरेका छन्। फागुनमा हुँदा केही महिना नपाउने सम्भावना रहन्छ।'

त्यो दिन देउवालाई भेटेर फर्किँदा प्रमुख आयुक्त थपलिया खुसी देखिन्थे। त्यो दिन आयोगका कर्मचारीले नै अनपेक्षित जानकारी पाए- चुनाव मंसिर ४ मा हुन सक्छ।

जबकि निर्वाचन आयोगले मंसिर २ गते निर्वाचन गर्न सकिने प्रस्ताव सरकारलाई राखेको थियो। एक्कासी प्रमुख आयुक्त थपलियाले ४ गते निर्वाचन हुन सक्ने बताए। उनले उक्त पत्रकार सम्मेलनमा भने, ‘आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गर्नका निम्ति आयोगले सम्पूर्ण व्यहोरासहित एकै चरणमा गर्ने गरी मिति सिफारिस गरिसकेको छ। आयोगको परामर्शमा नेपाल सरकारबाट मिति तय हुने कानुनी व्यवस्था अनुसार आउँदो क्याबिनेटको बैठकबाट मंसिर ४ गतेको मिति तोकियो भने यसलाई आश्चर्य नमान्दा हुन्छ।'

उनले हदै टाढा गए एउटा अर्को बैठकसम्म जानसक्ने कि, नभए आयोगले परामर्श दिएकै मितिको सेरोफेरोमा आउँदो निर्वाचनको मिति तोकिने भन्दै आन्तरिक तयारी समेत थालिसकिएको त्यस दिन बताएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

आयुक्त थपलियाको भनाइलाई दुई दिनपछि साउन १२ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पुष्टि गरे। उनले मंसिर ४ मै संघ र प्रदेशको निर्वाचन हुने बताउँदै प्रधानमन्त्री देउवा त्यही दिन वा अर्को दिन घोषणा गर्ने तयारीमा रहेको तर आफूले रोकेको बताए।

उनले पार्टीनिकट प्रेस सेन्टरका पदाधिकारीसँग छलफलमा गर्दै केही दिनमै चुनाव घोषणा हुने बताएका थिए। उनको भनाइ थियो,  'प्रधानमन्त्री देउवाले आज-भोलिमै निर्वाचनको घोषणा गर्छु भनेको भए पनि मैले केही कानुन निर्माण भएपछि मात्रै गर्न सुझाव दिएको छु।'

मंसिर ४ मै निर्वाचन तय गरिएको पुष्टि नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले साउन १३ गते गरे। नेपाल प्रेस युनियनको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रममा उनले उक्त मितिमा निर्वाचन हुने पक्कापक्की भएको बताए। उनको भनाइ थियो,  'मंसिर ४ गते  निर्वाचन हुँदैछ । पक्कापक्की छ। केही दिनमा औपचारिक रूपमा त्यो घोषणा हुन्छ।'

धर्म र ज्योतिषमा विश्वास गर्ने देउवाले उत्पतिका एकादशी परेकाले मंसिर ४ लाई शुभ ठानेको हुनसक्ने कांग्रेस अर्का नेता बताउँछन्। उनी भन्छन्, 'मंसिर ४ मा उत्पतिका एकादशी पर्छ। धार्मिक मान्यताअनुसार त्यो खराबविरुद्ध असलको जितको दिन हो। त्यसैले मंसिर ४ मा चुनाव गर्ने कुरामा सभापतिज्यूले जोड दिनुभएको होला।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

किन विलम्ब?
चुनाव मंसिर ४ गते गर्ने तयारी गरेको सरकारले किन ढिलाइ गरिरहेको छ? माओवादी केन्द्रका एक नेताका अनुसार, नेकपा माओवादी केन्द्रले केही दिन रोक्न भन्नुका दुईटा कारण थिए- एउटा नागरिकता विधेयक र अर्को अर्थमन्त्रीमा जनार्दन शर्माको पुन:नियुक्ति।  नागरिकता विधेयक पास भइसकेको छ भने  शर्मा फेरि अर्थमन्त्री बनिसकेका छन्। 

माओवादी केन्द्र भित्रै एकथरी नेताहरु सांसदहरुले सपथ फागुनमा मात्रै लिएकाले उक्त समयसम्म रहनुपर्ने तर्क गरिरहेका छन्। एकीकृत समाजवादीका नेताहरु पनि फागुनमा सार्ने कुरामा सकारात्मक छन्। कानुन विज्ञहरुले उक्त विषयमा सकारात्मक प्रतिक्रिया दिएका छन्। 

चुनाव सार्ने चर्चा चल्दै गर्दा बुधबार संविधानविद् भीमार्जुन आचार्यले मंसिर १० भन्दा पर निर्वाचन सार्न नमिल्ने बताएका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भनेका छन्, 'प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हो। कार्यकाल सकिनुअघि अर्थात मंसिर १० गते भित्र निर्वाचन सम्पन्न भइसक्नुपर्छ।'

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा अदालतले पाँच वर्षअघि विघटन गर्न नपाइने फैसला गरेको थियो। त्यही तर्क अघि सारेर फागुनअघि संसद विघटन गर्न नपाइने तर्कमा पनि उनले आफ्नो भनाइ राखेका छन्। उनी भन्छन्, 'निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुने भएकाले फेरि विघटन गरिराख्नु पर्दैन। संसद् नै नरहेपछि सांसद रहने भन्ने कुरै हुँदैन। स्थापित मान्यताको कदर गरौं, अति नगरौं।'

सरकारका एक मन्त्री भने सत्ता गठबन्धनमा केही कुरा मिलाउन अझै बाँकी रहेकाले कम्तिमा यो हप्ता निर्वाचन घोषणा नहुने बताउँछन्। उनले भने, 'सत्ता गठबन्धनमा केही कुरा गर्न अझै बाँकी छ। त्यो पूरा नभएसम्म निर्वाचन घोषणा हुँदैन।' उनले महत्त्वपूर्ण विषय बताए पनि खुलाउन चाहेनन्।
 

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  २०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म पूरा अवधि काम गर्न दि... मंगलबार, कात्तिक १०, २०८३
तरुण दलको स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण तरुण दल जिल्ला कार्यसमितिले सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पतालमा उपचाररत बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण... मंगलबार, कात्तिक १०, २०८३
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाका समितिमा विचाराधीन विधेयकको सङ्ख्या २४ छ। राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विच... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
एनपीएल: विराटनगरले चितवनविरुद्ध पहिले बलिङ गर्दै मंगलबार, कात्तिक १०, २०८३
विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषदको ६ सदस्यका लागि सिफारिस आव्हान मंगलबार, कात्तिक १०, २०८३
सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम मंगलबार, कात्तिक १०, २०८३
गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड रुपैयाँको खोप सहायता मंगलबार, कात्तिक १०, २०८३
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : पहिलो पावर प्लेमा सुदूरपश्चिमको चार विकेट पतन, गत फाइनलको झल्को सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्