काठमाडौं- नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले आफ्नी प्रेमिकालाई विवाह प्रस्ताव राखेका छन्।
माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेको खुसियाली मनाउने क्रममा किरणले प्रेमिका कन्चन निरौलालाई विवाहको प्रस्ताव राखेका हुन्।
लिगको उत्कृष्ट गोलरक्षक समेत रहेका किरणले टोली उपाधि उचालेर खुसियाली मनाइरहँदा सबैको सामुन्ने प्रस्ताव राखेका थिए। किरणले मैदानमै प्रेमिका निरौलालाई औंठी लगाइदिए र विवाह प्रस्ताव राखेका थिए।
कन्चन पेशाले विमान परिचारिका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।