काठमाडौं- प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड सुरूआती अग्रता जोगाउन नसक्दा प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएको छ।
घरेलु मैदानमा ओल्ड ट्राफोर्डमा आइतबार राति सम्पन्न खेलमा युनाइटेड स्पेनिस क्लब रायो भालेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
युनाइटेडका लागि अमाद डियालोले गोल गरे। यता, भालेकानोका अल्भारो गार्सियाले गोल फर्काए।
खेलको ४८औं मिनेटमा डियालोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए।
तर, ५७औं मिनेटमा गार्सियाले गोल गर्दै पाहुना टोलीलाई १-१ हारबाट जोगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।