काठमाडाैं-आगामी भदौमा नेपालमा हुने महिला साफ च्याम्पियनसिपका लागि दुई वटा मैदान प्रशिक्षणमा प्रयोग गरिने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफमा च्यासल रंगशाला र नेपाल आर्मी मुख्यालय भद्रकालीको मैदान अभ्यासका लागि प्रयोग गर्न लागेको हो।
भदौ २१ देखि असोज ३ गतेसम्म दशरथ रंगशालामा हुने प्रतियोगिताका लागि नेपालले तयारी थालिसकेको छ।
एन्फाले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त गरेको छ। नेपालले लगातार दोस्रो पटक महिला साफ आयोजना गर्न लागेको हो। यसअघि सन् २०१९ मा विराटनगरमा महिला साफ भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।