काठमाडौं– भारतीय फिल्म ‘बिक्रान्त रोना’ले दुई दिनमा विश्वभरबाट ५० करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरेको छ।
किच्चा सुदिपको मुख्य भूमिका रहेको यो कन्नड भाषाको फिल्मले दुई दिनमा ५० करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरेको हो।
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमा विश्वभरबाट ५० करोड भारतीय रुपैयाँको आम्दानी गरेको थियो।
त्यस्तै, फिल्मले दोस्रो दिनमा २०–२५ करोड भारतीय रुपैयाँको आम्दानी गरेको छ। बक्सअफिस कर्नाटककाअनुसार फिल्मले दुई दिनमा ५३ देखि ६० करोड भारतीय रुपैयाँको आम्दानी गरेको हो।
कन्नड भाषाको यो फिल्म हिन्दीसँगै अन्य भाषामा पनि प्रदर्शनमा आएको थियो। एक्सन तथा थ्रिलर विधामा रहेको यो फल्ममा सुदिपसँगै निरुप भण्डारी, निता अशोक तथा ज्याकलिन फर्नान्डेजलगायतको अभिनय रहेको छ। फिल्मको लेखन तथा निर्देशन अनुप भण्डारीले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।