काठमाडौं– बलिउड अभिनेत्री करिना कपुर हाल आफ्नो आगामी फिल्म ‘लाल सिंह चड्डा’को प्रचारमा व्यस्त छिन्।
सोही क्रममा अभिनेत्री करिनालाई हालसालै एक अन्तर्वार्तामा उनीबारे सामाजिक सञ्जालमा चलाइएको हल्लाका विषयमा प्रश्न सोधिएको थियो। सामाजिक सञ्जाललमा हाल करिना तेस्रोपटक गर्भवती भएको हल्ला गरिरहेको छ।
उनले सार्वजनिक गरेको एक तस्बिरलाई लिएर यस्तो हल्ला फैलिएको हो। हल्लाकाबीच करिनाले भने जवाफमा आफू कुनै बच्चा जन्माउने मेसिन नभएको बताएकी छिन्।
उनले हल्ला चलाउनेहरुलाई प्रश्न गर्दै भनेकी छिन्, ‘के म बच्चा पाउने कुनै मेसिन हो?’ करिनाले हिन्दूस्तान टायम्सलाई दिएको अन्तर्वार्तामा आफ्नो फोटोलाई सम्पादन गरेर सामाजिक सञ्जालमा फैलाइएको बताएकी छिन्।
उनले भनेकी छिन्, ‘मेरो फोटोलाई ‘मर्फ’ गरिएको छ, जसकारण मेरो पेट प्रग्नेन्ट भएको जस्तो देखिएको छ। म आफैं त्यो फोटो देखेर छक्क परेकी छु।’ करिनाले आफू पछिल्लो ४० दिनदेखि कामबाट ब्रेक लिइरहेको पनि बताएकी छिन्।
यो समयमा खानपिनमा ध्यान नदिएका कारण आफ्नो शरीरको बनावटमा भने परिवर्तन आएको उनले स्वीकारिन्। उनी भन्छिन्, ‘४० दिनदेखि म छुट्टीमा थिएँ, र मैले यो समयमा कत्ति पिज्जा खाएँ मलाई थाहा छैन। म आफैंले पनि खानपिन व्यवस्थित गराउन खोजिरहेको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।