काठमाडौं- ग्राबियल जिससको ह्याट्रिक प्रेरित प्रिमियर लिग क्लब आर्सनलले प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब सेभियामाथि फराकिलो जित निकालेको छ।
इमिरेट्स स्टेडियममा शनिबार सम्पन्न खेलमा आर्सनलले स्पेनिस क्लब सेभियालाई ६-० गोल अन्तरले हराएको छ।
आर्सनललाई जित दिलाउन ग्राबियल जिससले ह्याट्रिक गरे। बुकायो साकाले दुई गोल गरे भने एड्डी एनकेटिहको नाममा १ गोल रह्यो।
खेलको १०औं मिनेटमा साकाले पेनाल्टीमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। १३, १५ औं मिनेटमा जिससले गोल गर्दै टोलीको अग्रता ३-० बनाए।
१९ औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ४-० को अग्रता दिलाए। ७७औं मिनेटमा जिससले ह्याट्रिक पूरा गर्दा आर्सनल ५-० ले अघि रह्यो।
त्यसपछि ८८औं मिनेटमा एड्डीले गोल गर्दै आर्सनललाई ६-० को जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।