काठमाडौं- स्पेनिस क्लब एट्लेटिको मड्रिडले प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित भएको छ।
नर्वेको ओस्लोमा शनिबार सम्पन्न खेलमा युनाइटेडलाई एट्लेटिकोले १-० गोल अन्तरले पराजित गरेको हो।
एट्लेटिकोलाई जित दिलाउन जोआ फेलिक्सले गरेको गोल नै निर्णायक बन्यो।
उनले खेलको ८६औं मिनेटमा गोल गरेका थिए।
यस्तै, खेलको इन्जुरी समयमा फ्रेडले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो।
अब युनाइटेडले आइतबार अर्को स्पेनिस क्लब रायो भालेकानोसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।