काठमाडौं- म्यानचेस्टर सिटीलाई पराजित गर्दै लिभरपुलले कम्युनिटी सिल्डको उपाधि जितेको छ।
शनिबार किङ्स पावर स्टेडियममा सम्पन्न भएको फाइनल खेलमा सिटीलाई ३-१ गोल अन्तरले हराउँदै लिभरपुलले उपाधि जितेको हो।
लिभरपुललाई जित दिलाउन ट्रेन्ड एलेक्सान्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन नुनेजले १/१ गोल गरे।
यता, सिटीका लागि जुलियन अल्भारेजले सान्त्वना गोल फर्काए।
खेलको २१औं मिनेटमा आर्नोल्डले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाएका थिए।
तर, ७०औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए।
८३औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए।
त्यसपछि खेलको इन्जुरी समयमा नुनेजले गोल गर्दै लिभरपुललाई ३-१ को सहज जित दिलाए।
प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी सिल्डको उपाधिका लागि खेल्ने गर्छन्। सिटीले प्रिमियर लिग २०२१/२०२२ को उपाधि जितेको थियो। यता, लिभरपुलले एफए कप जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।