काठमाडौं– प्रिमियर लिग क्लब आर्सनलले मिडफिल्डर मार्टिन ओडेगार्डलाई कप्तान नियुक्त गरेको छ। आर्सनलले शनिबार नर्वेका मिडफिल्डर मार्टिनलाई कप्तान नियुक्त गरेको जानकारी दिएको हो।
२३ वर्षीय मार्टिन २०२१ मा स्पेनिस क्लब रियल मड्रिडबाट आर्सनल पुगेका थिए। मार्टिनले आर्सनलका लागि ६० खेलमा ९ गोल गरेका छन्।
उनी गत मार्चबाट नर्वे फुटबल टोलीको कप्तानमा नियुक्त भएका थिए। उनले नर्वेका लागि ४३ खेल खेलिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।