काठमाडौं– डिफेन्डर कुलदीप कार्की भारतीय क्लब रेल्वे एफसीमा अनुबन्धित भएका छन्।
‘ए’ डिभिजन क्लब जावालाखेलबाट खेल्दै आएका कुलदीपलाई एक सिजनको लागि अनुबन्ध गरिएको रेल्वेले सामाजिक सञ्जालमार्फत् जानकारी दिएको हो। तर, कति रकममा अनुबन्ध गरिएको हो त्यो भने खुलाइएको छैन।
कुलदीपले गत सिजन ‘ए’ डिभिजन लिगमा जावलाखेलको कप्तानी गरेका थिए। कुलदीपले एफसी चितवनबाट पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) पनि खेलेका थिए।
यसअघि ‘ए’ डिभिजन क्लब थ्रीस्टारका मिडफिल्डर मनग्य नकर्मीलाई कोलकता लिग क्लब खिदिरपुर स्पोर्टिङ क्लबले अनुबन्ध गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।