काठमाडौं– श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले शनिबार यू-१७ साफको समूह विभाजन सार्वजनिक गरेको हो।
६ टोलीको सहभागिता रहने प्रतियोगितामा नेपाल समूह 'बी' मा परेको छ। नेपाल रहेको समूहमा भारत र भुटान छन्। यस्तै, समूह 'ए' मा आयोजक श्रीलंकासँगै माल्दिभ्स र बंगलादेश रहेका छन्।
साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट सुरू हुनेछ। नेपालले यू-१७ साफका लागि खुला छनोटमार्फत् खेलाडी छनोट गरिरहेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई यू-१७ राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।