काठमाडौं– आयोजक सहारा क्लब पोखराले आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ।
शनिबार पत्रकार सम्मेलन गर्दै गत माघ ६ देखि १५ गतेसम्म पोखरा रंगशालामा आयोजना भएको २०औं संस्करणको प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो।
क्लबका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशवराज बरालका अनुसार प्रतियोगिता सञ्चालन गर्दा साढे तीन लाख रुपैयाँ नोक्सान भएको छ।
उनका अनुसार ६६ लाख ४१ हजार १८१ आम्दानी भएको थियो। तर, ६९ लाख ८९ हजार रुपैयाँ खर्च भएको छ।
१९औं संस्करणमा भने क्लबले २२ लाख रुपैयाँ नाफा कमाएको थियो। यद्यपी, ठूलो रकम घाटा भएपछि क्लबका शाखा संस्थाहरु सहारा युकेले ३ लाख, सहारा हङकङले ५ लाख एक हजार र सहारा अष्ट्रेलियाले १ लाख रुपैयाँ थप सहयोग गरेका थिए।
कुल १० टोलीको सहभागिता रहेको २०औं संस्करणको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको थियो। मनाङ मर्स्याङ्दी क्लब भने उपविजेता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।