काठमाडौं– प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले प्रि–सिजनअन्तर्गत स्पेनिस क्लब रायो भालेकानोविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने भएका छन्।
क्लब छाड्ने चर्चाका बीच ३७ वर्षीय पोर्चुगिज फरवार्ड रोनाल्डोले सामाजिक सञ्जालमार्फत् भालेकानोविरुद्धको खेलको लागि आफू तयार रहेको बताएका हुन्। खेल आइतबार राति ओल्ड ट्राफोर्डमा हुनेछ।
रोनाल्डोले शनिबार राति हुने स्पेनिस क्लब एट्लेटिको मड्रिडविरुद्धको मैत्रीपूर्ण खेल भने खेल्ने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।