काठमाडौं– लन्डन क्लब चेल्सीले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ। एडिनेसमा शुक्रबार राति भएको खेलमा चेल्सीले इटालियन क्लब उडिनेसमाथि ३–१ को सहज जित निकालेको हो।
चेल्सीको जितमा एङ्गोलो कान्टे, रहिम स्टर्लिङ र मासन माउन्टले गोल गरे। उडिनेसका जेरार्ड डेउलोफेउले एक गोल फर्काए।
खेलको २०औं मिनेटमा कान्टेको गोलबाट चेल्सीले सुरुआती अग्रता लिएको थियो। ३७औं मिनेटमा रहिमले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे।
यता, ४२औं मिनेटमा जेरार्डले गोल गरेपछि पहिलो हाफमा २–१ को स्थितिमा पुग्यो। त्यसपछि खेलको अन्तिम समयमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई ३–१ को सहज जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।