काठमाडौं- फ्रान्सेली सेन्टर ब्याक जुल्स कुन्डे क्याटलान क्लब बार्सिलोनामा अनुबन्ध भएका छन्। बार्सिलोनालेल २३ वर्षीय कुन्डेलाई अर्काे स्पेनिस क्लब सेभियाबाट अनुबन्ध गरेको हो।
बार्सिलोनाले कुन्डेलाई ४ वर्षको लागि ५० मिलियन युरो र १० मिलियन युरो थप गरि २०२७ सम्मको लागि अनुबन्ध गरेको छ।
कुन्डे अनुबन्धमा बार्सिलोनाले प्रिमियर लिग क्लब चेल्सीलाई पछि पारेको हो।
पाब्लो टोरे, आन्द्रेस क्रिस्टेन्सेन, फ्रान्क केसी, राफिन्हा र रोबर्ट लेवान्डोस्कीपछि उनी यो समरमा अनुबन्ध हुने छैटौं खेलाडी हुन्।
कुन्डेले सेभियाका लागि तीन सिजन खेल्दा १०३ खेलमा ९ गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।