काठमाडौं- डेनिस स्टार क्रिस्टियन इरिक्सनले लगाउने जर्सीको नम्बर म्यानचेस्टर युनाइटेडले सार्वजनिक गरेको छ। युनाइटेडले यसै साता औपचारिक रुपमा आफ्नो खेलाडीका रुपमा इरिक्सनलाई सार्वजनिक गरेको थियो।
इरिक्सनले युनाइटेडबाट यो सिजन १४ नम्बर जर्सी लगाउने छन्। उनले आफ्नो खेल जीवनमा १४ नम्बरको जर्सी पहिलो पटक लगाउने भएका हुन्।
उनले क्लबमा जीवनमा आयक्सबाट ८ नम्बर र टोटेनहमबाट २३ नम्बरको जर्सी लगाएका थिए। इन्टर मिलननमा हुँदा उनले २४ नम्बरको जर्सी लगाएका थिए।
यता, ब्रेनफोर्डबाट २१ नम्बर जर्सी लगाए। युनाइटेडमा यसअघि १४ नम्बर जर्सी जेसी लिंगार्डले लगाउथे । उनले यसै सिजन क्लब छाडेपछि १४ जर्सी खाली थियो।
युनाइटेडसँग एरिक्सनले ३ वर्षको सम्झौता गरेका छन्। यसै साता एट्लेटिको म्याड्रिड र रायो भालेकानोविरुद्ध हुने मैत्रीपूर्ण खेलमा उनी सहभागी हुने सम्भावना रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।