इस्लामावाद–पाकिस्तानका पूर्वराष्ट्रपति असिफ अलि जर्दारीलाई कोरोना संक्रमण भएको छ। पाकिस्तानका विदेश मन्त्री विलावाल भुट्टो जर्दारीले सामाजिक सञ्जालमार्फत् पूर्वराष्ट्रपति संक्रमित भएको पुष्टि गरेका हुन्।
विदेशमन्त्री जर्दारीका पिता र राष्ट्रियसभाका सांसदसमेत रहेका भुट्टोले अहिले स्वास्थ्य लाभ गरिरहेको जनाइएको छ।
उनले कोरोनाविरुद्धको खोपको बुस्टर डोजसमेत लगाइसकेका थिए। उनी अहिले एकान्तबासमा रहेको र सामान्य कामहरु पनि त्यहीँबाट गरिरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।