काठमाडौं- जर्मनी महिना युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रान्सलाई २-१ गोल अन्तरले हराउँदै जर्मनी उपाधि नजिक पुगेको हो।
जर्मनीको जितमा एलेक्सान्ड्रा पोप्पले दुई गोल गरिन्। फ्रान्सले भने एक गोल उपहार पाएको थियो।
खेलको ४०औं मिनेटमा पोप्पले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएकी थिइन्।
तर,४४ औं मिनेटमा जर्मनीकी मेर्ले फ्रोह्म्सले आत्मघाती गोल गरेपछि फ्रान्स खेलमा फर्कियो।
त्यसपछि खेलको ७६औं मिनेटमा पोप्पले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २-१ को जित दिलाइन्।
अब जर्मनीले उपाधिका लागि घरेलु टोली इङ्ग्ल्यान्डको सामना गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।