काठमाडौं– दुई पटकको अग्रता जोगाउन नसक्दा क्याटलान क्लब बार्सिलोना प्रि–सिजनको मैत्रीपूर्ण खेलमा इटालियन क्लब युभेन्ट्ससँग बराबरीमा रोकिएको छ।
अमेरिकाको टेक्ससमा बुधबार बिहान भएको खेलमा बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि युभेन्ट्स खेलमा फर्कंदै २-२ को बराबरी गर्न सफल रह्यो।
बार्सिलोनाका लागि दुवै गोल ओस्मान डेम्बेलेले गरेका थिए। यता, युभेन्ट्सको दुवै बराबरी गोल मोइस किनले फर्काए।
खेलको ३४औं मिनेटमा डेम्बेलेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो। तर, ३९ औं मिनेटमा मोइसले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको एक मिनेटमै डेम्बेलेले खेल बराबरीमा ल्याए।
खेलको ५२ औं मिनेटमा मोइनले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीले खेलाडी परिवर्तन गर्दा गोल सम्भव भएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।