काठमाडौं- ब्राजिल लगातार नवौं संस्करणको कोपा अमेरिका फेमेनिनाको फाइनलमा प्रवेश गरेको छ।
कोलम्वियास्थित स्टेडियो अलफन्सो लोपेजमा बुधबार बिहान भएको सेमिफाइनलमा पाराग्वेलाई २–० ले पराजित गर्दै ब्राजिल लगातार फाइनलमा प्रवेश गरेको हो।
ब्राजिलको जितमा एरी बोर्गेस र वियट्रिज जेनराटो जोआओले गोल गरिन्। दुवै गोल पहिलो हाफमा भएको थियो।
खेलको १६औं मिनेटमा एरी बोर्गेसको गोलबाट ब्राजिलले सुरुआती अग्रता लिएको थियो।
२८औं मिनेटमा वियट्रिज जेनराटो जोआओले एन्टोनियाको पासमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारिन्।
अब ब्राजिलले उपाधिका लागि घरेलु टोली कोलम्बियासँग साउन १४ गते राति प्रतिस्पर्धा गर्नेछ । दुई पटक फाइनलमा पुगेको कोलम्बियाले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।