काठमाडौं– बाटोमा हिँडिरहेकी महिलालाई साथमा भएको गरगहना, मोबाइल र पैसा नदिए एसिड हान्दिन्छु भन्दै ‘प्र्याङ्क’ गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
'बदमास केटा' नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका नवलपरासीको हुप्सेकोट गाउँपालिका–३ गिरुवारी टोल बस्ने २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाललाई प्रहरीको साइबर ब्यूरोले सोमबार पक्राउ गरेको हो।
उनले बाटोमा हिँडिरहेकी महिलालाई मोबाइल, गहना र पैसा नदिए एसिड हान्दिन्छु भन्दै धम्क्याएका थिए। महिला त्रसित भएपछि उनले ‘प्र्याङ्क’ भिडियो बनाएको बताएका थिए। उक्त भिडियो युट्युबमा अपलोड भएपछि फेसबुक लगायत सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
त्यसपछि प्रहरीले नवलपरासीको कावासोतीबाट उनलाई पक्राउ गरेको हो। पक्राउ परेका भुसालउपर जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।