काठमाडौं- म्यानमारको सेनाले चारजना प्रजातन्त्रवादी नेता एवं अभियन्तालाई मृत्युदण्ड दिएको भन्दै नेपालमा बिरोध प्रदर्शन गरिएको छ।
सोमबार म्यानमारको सैन्य सरकारले पूर्व सांसद फ्यो जेया थअ, लेखक को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जअलाई 'आतंककारी गतिविधि' गरेको आरोप लगाउँदै मृत्युदण्ड दिएको बिरोधमा मंगलबार ललितपुरस्थित युएन हाउस अगाडि बिरोध प्रदर्शन गरिएको हो।
नेपाल मानव अधिकार संगठनले गरेको प्रदर्शनमा प्रदर्शनकारीहरुले सैनिक शासन अत्य गरी लोकतन्त्र पुनर्स्थापना गरियोस्, फ्यो जेया थअ, लेखक को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जअलाई दिएको फाँसीको भर्त्सना गर्दछौं लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
तस्बिरहरु:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।