काठमाडौं- इटालियन सिरी ‘ए’ को क्लब युभेन्ट्स फर्किएका पाउल पोग्बाले क्याटलान क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन्।
घुँडाको चोटका कारण उनले मंगलबार प्रि–सिजनअन्तर्गतको बार्सिलोनाविरूद्वको खेल गुमाउने भएका हुन्।
पोग्बा नयाँ सिजनका लागि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट युभेन्ट्स फर्किएका थिए।
पोग्बाले यसअघि सन् २०१२ देखि २०१६ सम्म युभेन्ट्सबाट खेलेका थिए। यसक्रममा उनले चार पटक सिरी ‘ए’ को उपाधि जितेका थिए।
‘अभ्यासको क्रममा पोग्बाले घुँडा चोट लागेको छ’, युभेन्ट्सले जारी गरेको विज्ञप्क्तीमा भनिएको छ, ‘उनको चोट त्यती गम्भीर छैन तर हामी जोखिम मोल्न चाहदैनौं। त्यसैले आज बार्सिलोनाविरुद्धको मैत्रीपूर्ण खेलमा उनी टोलीमा हुने छैनन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।