काठमाडाैं-श्रीलंकामा आयोजना हुने साफ यू-१७ प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबारबाट खेलाडी छनोट गर्ने भएको छ।
एन्फाले सेप्टेम्बरमा हुने प्रतियोगिताका लागि खेलाडी छनोट मंगलबारबाट सुरु हुने आइतबार जनाएको हो।
यसअघि छनोट सोमबारबाट हुने भनिएकाे थियाे। एन्फाले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गर्न लागेको हो।
एन्फाले २०६२ पुस १६ पछि जन्म भएका खेलाडीलाई मात्र छनोटमा सहभागी गराउने जनाएको छ।
प्रतियोगिता आगामी सेप्टेम्बर ५ बाट हुनेछ। यस्तै, भियतनाममा हुने यू-१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।