काठमाडाैं-नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर जगजित श्रेष्ठले अबको केही हप्ताभित्र कुनै पनि फुटबल प्रतियोगिता नभए आफूले हरेक दिन त्यसविरुद्ध आवाज उठाउने बताएका छन्।
जगजितले आइतबार साँझ सामाजिक सञ्जालमार्फत् वर्षमा ३ महिना लिग खेलेर ९ महिना बेरोजगार हुँदा पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुनै पनि प्रतियोगिता आयोजना नगरेको भन्दै दुखेसो पोखेका हुन्।
‘वर्षमा ३ महिना लिग खेलेर ९ महिना बेरोजगार हुँदा पनि हामी खेलाडी, रेफ्री र प्रशिक्षक किन आवाज उठाउदैनौं ? यदि अबको केही हप्तामा पनि कुनै प्रतियोगिता हुने छाँटकाट भएन भने त्यसको विरुद्ध म हरेक दिन आवाज उठाउनेछु,’ जगजितले लेखेका छन्।
जगजित करिब पाँच वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका थिए। तर, गएको सिजन त्रिभुवन आर्मी फुटबल क्लबबाट ‘ए’ डिभिजन लिग खेल्न नेपाल फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।