काठमाडाैं-अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले साफ महिला च्याम्पियनसिप आयोजक समिति संयोजक पदबाट नाम फिर्ता लिएका छन्।
एन्फाले शुक्रबार वरिष्ठ उपाध्यक्ष खड्काको संयोजकत्वमा १८ सदस्यीय साफ च्याम्पियनसिप आयोजक समिति गठन गरेको थियोे।
यसअघि बिहीबारको एन्फा कार्यसमिति बैठकमा साफ च्याम्पियनसिप आयोजनाको अजेन्डा रहे पनि विवादका कारण बैठक बस्न सकेको थिएन। तर, एन्फाले शुक्रबार आफ्नो साइटमार्फत् आयोजक समिति गठनसहित मुख्यप्रशिक्षक, भेन्यू म्यानेजरलगायत विभिन्न समिति गठन गरेको जनाएको थियोे।
तर, उक्त निर्णयप्रति कार्यसमितिका अधिकांश सदस्यहरुले बैठकले गर्नुपर्ने निर्णय एकलौटी ढंगले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले विधानविपरीत गरेको भन्दै आपत्ति जनाएका थिए।
लगत्तै खड्काले आइतबार साफ महिला च्याम्पियनसिपको आयोजक समितिको विवादास्पद संयोजक पदबाट नाम फिर्ता लिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।