क्यालिफोर्निया–संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित योसेमिटी राष्ट्रिय निकुञ्जनजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपतकाल घोषणा गरिएको छ।
शुक्रवारबाट व्यापक रूपमा फैलिन सुरु भएको डढेलो २४ घण्टा बितिसक्दासमेत नियन्त्रणमा आउन सकेको छैन।
डढेलोपछि तीन हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने करिब एक दर्जन घर पूर्णरूपमा जलेका छन्।
डढेलो ११ हजार ९०० एकडमा फैलिएको र यो अहिले संयुक्त राज्य अमेरिकाकै सबैभन्दा ठूलो सक्रिय डढेलो रहेको बताइएको छ।
डढेलो प्रभावित क्यालिफोर्नियाको मारिपोसा काउन्टीमा आपतकाल घोषणा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।