काठमाडौं– इरानले इजरायलको जासूसी सञ्जालका सदस्यलाई पक्राउ गरेको दाबी गरेको छ। इरानी सुरक्षा बलले देशमा रहेको इजरायली जासूस सञ्जालका सबै सदस्यलाई पक्राउ गरेको सरकारी समाचार निकाय इरनाले जनाएको हो।
इजरायली जासूसी सञ्जालका सदस्यहरूलाई इरानमा आतङ्कवादी कारबाही सञ्चालन गर्न पठाइएको थियो, तर कुनै पनि आतङ्क वा ध्वंसात्मक गतिविधि गर्नुअघि नै उनीहरूलाई पक्राउ गरिएको इरानी गुप्तचर मन्त्रालयको एक विज्ञप्तिमा जनाइएको छ।
इराकको कुर्दिस्तान क्षेत्रबाट इरान प्रवेश गरेका सञ्जाल सदस्यहरू छिमेकी राज्यमार्फत इजरायली गुप्तचर संस्था मोसादसँग सम्पर्कमा रहेका तथा उनीहरूले अत्याधुनिक उपकरण र शक्तिशाली विस्फोटक पदार्थ बोकेका विज्ञप्तिमा उल्लेख छ।
मोसादका गतिविधिको निरीक्षण, निगरानी एवम् सञ्चालन गर्ने इजरायली प्रधानमन्त्रीको कार्यालयले आफ्ना सदस्य इरानमा पक्राउ परेका सम्बन्धमा टिप्पणी गर्न अस्वीकार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।