काठमाडौं- सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० तोकिएको छ।
अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको उक्त सुन आज प्रतितोला रु ५०० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार पुगेको छ। अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९३ हजार ५०० थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार १५५ तोकिएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।