• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ३०, २०८३ Tue, Sep 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार-विश्लेषण

बक्सअफिसमा किन असफल भइरहेछ बलिउड? 

64x64
नेपाल लाइभ आइतबार, साउन ८, २०७९  ०९:४३
1140x725

काठमाडौं– वर्षेनी सबैभन्दा धेरै फिल्म बनाउने विश्वकै ठूलो फिल्म उद्योग बलिउड कोरोना महामारीको दुई वर्ष बितिसक्दा पनि समस्याबाट गुज्रिरहेको छ।

महामारीले बलिउड फिल्म उद्योगमा निकै असर परेको थियो। पहिलेजस्तै भिडभाडसहित फिल्म हेर्ने चाहनामाथि बन्देज जस्तै लागेको थियो भने फिल्म उद्योगलाई अहिलेसम्म एक करोड रुपैयाँको राजस्वको नोक्सानी पनि भएको छ। फिल्म हेर्न जाने दर्शकहरु पनि आफ्नो पैसा कहाँ खर्च गर्ने भन्ने विषयलाई लिएर सचेत भएका छन्। 

बक्सअफिसको तथ्यांकअनुसार यो वर्षको सुरुवाती ६ महिनामा प्रदर्शनमा आएका २० वटा हिन्दी फिल्महरु मध्ये १५ फिल्म असफल भएका छन्। यसमा बलिउडका सबैभन्दा ठूला सुपरस्टार पनि सामेल छन्। रणविर सिंहको ‘८३’ र ‘जयेशभाई जोरदार’, अक्षय कुमारको ‘सम्राट पृथ्वीराज’ र ‘बच्चन पाण्डे’ तथा कंगना रणावतको ‘धाकड’।

 बलिउडका फिल्मले गर्ने व्यापारमाथि निगरानी गरिरहेका जोगिन्दर टुटेका भन्छन्, ‘यी फिल्महरुले करिब सात सयदेखि ९ सय करोडसम्मको नोक्सानी भोग्नु परेको छ। फिल्मको डिजिटल र सेटलाइन अधिकार नबेचेको भएमा यसको भरपाई गर्न थप कठिनाई हुन्थ्यो ।’

बक्सअफिसमा किन बलिउड भइरहेछ असफल?
फिल्मले खराब प्रदर्शन गर्नुको पछाडिका थुप्रै कारणहरुमध्ये एउटा कारण उनीहरुमा भएको कमजोर कथावस्तु हुनसक्छ।

एमके ग्लोबल फाइनेन्सियल सर्विसेसको एक रिपोर्टमा भनिएको छ, ‘एक समय थियो, जब कथावस्तु कमजोर हुँदाहुँदै पनि ठूला कलाकारहरुले आफ्ना प्रशंसकहरुको बलमा दर्शकलाई सिनेमा हलसम्म तानेर ल्याउन सक्थे र फिल्मले ठिकै कमाई पनि गर्थ्यो। तर, समयसँगै दर्शकको प्राथमिकतामा परिवर्तन आएको छ र फिल्मको कथावस्तुमाथि विशेष ध्यान दिन थालिएको छ।’

तर, फिल्मका निर्माताहरु कोभिडभन्दा अघि बक्स अफिसमा राम्रै प्रदर्शन हुने मिड बजेट र गम्भीर फिल्महरु पनि कोभिडपछि राम्रो व्यापार गर्न नसकेको विषयलाई बुझ्न सकेका छैनन्। भारतकै सबैभन्दा ठूलो फिल्म स्टुडियोमध्येको एक टि–सिरिजका मालिक भुषण कुमारकाअनुसार दर्शक अब फिल्ममा राम्रो कथावस्तु र ठूला कलाकारलाई देख्न चाहन्छन्। 

निर्मातामा दुबिधाको अवस्था
भुषण कुमारले निर्माण गरेको हरर कमेडी विधाको फिल्म ‘भुल भुलैया २’ यो वर्ष सबैभन्दा धेरै कमाई गर्ने फिल्महरु मध्येमा पर्छ। तर पनि उनी फिल्म निर्माताहरुमा दुबिधाको अवस्था सिर्जना भएको बताउँछन्। बक्स अफिसमा लगातार प्राप्त भइरहेको असफलताका कारण निर्माताहरुले दर्शकले कस्तो फिल्म मन पराउँछन् भन्ने नै बुझ्न नसकेको भुषण बताउँछन्। भुषण कुमारजस्ता कैयौ निर्माताहरु दर्शकमा फिल्म मनपर्ने विषयमा भएको परिवर्तनसँग संघर्ष गरिरहेका छन्। स्ट्रिमिङ्ग प्लेटफर्मको पहुँच र सिनेमा हलसँग दर्शकको बढिरहेको दूरीका कारण बक्स अफिसमा एक फिल्म सफल बनाउन पहिलेभन्दा निकै मुस्किल भएको उनी बताउँछन्। त्यसमाथि कोरोनाका कारण अवस्था थप असहज भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कुमारकाअनुसार बढिरहेको रिलिज डेट, मूल्य वृद्धिसँगै कोभिड प्रोटोकलका कारण फिल्मको औसत बजेट १०देखि १५ गुणा बढेको छ। सँगै टिकटको मूल्य पनि निकै महंगो भएको छ। थिएटरको क्षमता कम भएको छ र कैयौ हलहरु कोरोना महामारीको समयमा पूर्ण रुपमा बन्द भएका छन्।

एमके ग्लोबलकाअनुसार नातावाददेखि धार्मिक भावनामाथि ठेस पुर्‍याएको आरोपका बीच चलिरहेको बलिउड बिरोधी सामाजिक सञ्जालको अभियानले पनि फिल्म उद्योगलाई निकै ठूलो नोक्सानी पुर्याइरहेको छ। तर, यो नोक्सान कति भएको छ भन्ने अनुमान लगाउन भने गाह्रो छ।

बक्स अफिसमा दक्षिण भारतीय फिल्म
परम्परागत रुपमा दक्षिण भारतमा बनेका फिल्महरुले आफ्नो क्षेत्रमा राम्रो प्रदर्शन गर्छन्। तर, पछिल्ला केही समयदेखि हिन्दी भाषा केन्द्रित क्षेत्रमा पनि दक्षिण भारतीय फिल्मका हिन्दी डब संस्करणहरुको लाकप्रियता बढिरहेको छ।

यी फिल्महरुले यहाँ निकै राम्रो प्रदर्शन मात्रै नभएर बक्स अफिसमा आम्दानी गर्ने कुरामा पनि बलिउड फिल्मको अगाडि धेरै राम्रो गरिरहेका छन्। उदाहरणका लागि दक्षिण भारतीय फिल्म ‘आरआरआर’, ‘केजिएफ च्याप्टर २’ र ‘पुष्पा’ले बलिउड फिल्मको दबदबा भएको क्षेत्रमा पनि राम्रो व्यापार गरेका छन्।
विशेषज्ञहरुका अनुसार मुम्बईको स्टुडियोमा बन्ने हिन्दी फिल्महरुमा दक्षिण भारतमा बन्ने ब्लकबस्टर फिल्ममा जस्तो भव्य सेट, आकर्षक गीत र स्लो मोसन भिडियोको अभाव छ। 

फिल्म समीक्षक सुचरिता त्यागी देशमा दक्षिण भारतीय फिल्मको बढिरहेको लोकप्रियताबारे भन्छिन्, ‘यदि म अहिले सिनेमा हलमा जान्छु भने मलाई फरक किसिमको अनुभव आवश्यक छ, जस्तो म कुनै रोमाञ्चक यात्रामा हुँदा गर्छु।’

महामारीमा घरमै बसेर स्ट्रिमिङ्ग प्लेटफर्ममा कैयौं गैर–हिन्दी दक्षिण भारतीय फिल्महरुको खोजी भएको छ। किनकी घरमा हुँदा एक समयपछि हिन्दी फिल्ममाथि आफ्नो मन अघाउने गर्छ।' 

तर, विश्लेषक यो चलनलाई विश्वसनीय भने मान्दैनन। एमके ग्लोबलको रिपोर्टका अनुसार, ‘क्षेत्रिय फिल्म (दक्षिण भारतीय र गैर–हिन्दी फिल्म)को प्रदर्शन सामान्यतयः उनीहरुको परम्परागत बजारभन्दा बाहिरको क्षेत्रमा कम प्रभावकारी हुन्छ।’ 

यो वर्षको अबको ६ महिनासम्म कुनै पनि ठूला दक्षिण भारतीय फिल्म वा क्षेत्रिय फिल्मको प्रदर्शन छैन। यस्तोमा हिन्दी फिल्मलाई नै बक्स अफिसको अवस्थालाई सुदृढ राख्ने जिम्मेवारी मिलेको छ।

अब के होला?
बलिउडमा अब ‘फरेस्ट गम्प’ फिल्मको हिन्दी रिमेक ‘लाल सिंह चड्डा’ र रणविर कपुरको एक्सन ड्रामा फिल्म ‘शमशेरा’जस्ता बहुप्रतिक्षित फिल्मको प्रदर्शनको क्रममा छ, जसले पहिलो ६ महिनामा भएको घाटालाई पछिल्लो ६ महिनामा पुर्न सक्छ । तर, ‘शमशेरा’ प्रदर्शनमा आउँदा उक्त फिल्मले पनि खासै राम्रो आम्दानी गर्न सकेको छैन।

वर्षको सुरुवाती ६ महिनाको तुलनामा पछिल्लो ६ महिनामा धेरै फिल्महरु प्रदर्शनमा आइरहेका छन्। यस्तोका बक्स अफिस कलेक्सन पनि कोभिडभन्दा अघि कै स्तरमा बढने अनुमान गरिएको छ।

कसैले पनि ठूलो पर्दामा फिल्म हेर्ने समय सकिएको भन्न चाहँदैन। तर, विश्लेषकहरुले भने स्ट्रिमिङ्ग माध्यमको बढिरहेको लोकप्रियता र दर्शकको फिल्म हेर्ने स्वभावमा आएको बदलावका कारण व्यावसायमा प्रभाव पर्ने बताएका छन्। एमके ग्लोबलको रिपोर्टमा उल्लेख भएअनुसार विभिन्न अवस्था दर्शकले सिनेमा हलमै गएर फिल्म हेर्नुभन्दा ओटिटी माध्यममै फिल्म प्रशदशर्न हुने समय कुर्नेछन्। मुख्य गरि फिल्म औसत भएको अवस्थामा यो देखिनेछ। फिल्म क्षेत्रमा ‘डाइरेक्ट टु स्ट्रिमिङ्ग’को रुपमा फिल्म रिलिज गर्ने संख्या पनि बढ्ने सम्भावना रहेको बताइएको छ।

बीबीसी हिन्दीबाट

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  ०९:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आईजीपीविरुद्ध खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो
कांग्रेस महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढ्यो, ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत
उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल गर्न रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
सम्बन्धित सामग्री
नेपथ्य अस्ट्रेलिया शृंखलाको सुरुवात क्यानबेराबाट हलभित्र पस्ने दर्शकमा फाट्टफुट्ट अस्ट्रेलियन अनुहार पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् लिन्डा ट्रिग । नेपालमा कूटनीतिज्ञका रूपमा ला... मंगलबार, फागुन २०, २०८१
नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’ लोकलयमा आधारित यो पुरानो गीतलाई ब्यान्डले त्यतिखेर ‘पप’ शैलीमा ढालेको थियो । अब भने यो गीत ‘लोक रक’मा रूपान्तरित भएर भिडियोमा देखापर... मंगलबार, फागुन १३, २०८१
कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ आजदेखि  कर्णाली उत्सवको पाँचौँ संस्करणसम्म भएका उपलब्धि भनेकै यसलाई चिन्ने र चिनाउने प्रयास हो भन्दै संयोजक लम्सालले नीतिगत सुझाव सङ्कलन तथा... सोमबार, फागुन ५, २०८१
ताजा समाचारसबै
आईजीपीविरुद्ध खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो मंगलबार, भदौ ३०, २०८३
कांग्रेस महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढ्यो, ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत मंगलबार, भदौ ३०, २०८३
उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल गर्न रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक मंगलबार, भदौ ३०, २०८३
महानगरमा घरजग्गा कारोबार उछालियो, काठमाडौंमा १५६ प्रतिशत वृद्धि मंगलबार, भदौ ३०, २०८३
खर्च–चरनको उपयोगमा कानुनी झन्झट, गाँठो फुकाउन माग मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
आईसीयूमा अन्तर्वार्ता विवाद चर्किएपछि प्रेस काउन्सिलको छानबिन, सुरजसिंह ठकुरीसहित तीन निकायलाई पत्र सोमबार, भदौ २९, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्