काठमाडौं- प्रि–सिजनको मैत्रीपूर्ण खेलमा लन्डन क्लब चेल्सी प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनलसँग पराजित भएको छ।
आइतबार बिहान अमेरिकाको फ्लोरिडास्थित क्याम्पिङ वर्ल्ड स्टेडियममा सम्पन्न खेलमा आर्सनलसँग चेल्सी ४–० गोलले पराजित भएको हो।
आर्सनलको जितमा गाब्रियल जेसस, मार्टिन ओडेगार्ड, बुकायो साका र अल्बर्ट साम्वी लोकंगाले गोल गरे।
खेलको १५औं मिनेटमा जेससले ‘वान भर्सेस वान’को स्थितिमा गोलरक्षक एडुआर्ड मेन्डीअघि बढेको अवस्थामा चिप प्रहार गर्दै आर्सनललाई अग्रता दिलाएका थिए।
३६औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे। ६६औं मिनेटमा साकाले गोल गरेपछि आर्सनल सहज जिततर्फ अग्रसर भयो।
त्यसपछि वैकल्पिक खेलाडी लोकंगाले इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गरे। उनी ७८औं मिनेटमा ग्रानिट झाँकाको स्थानमा मैदान प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।