काठमाडौं- साविक विजेता नेदरल्यान्ड्सलाई पराजित गर्दै फ्रान्स पहिलोपटक महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
एससिल न्यूयोर्क स्टेडियम इंग्ल्यान्डमा शनिबार राति भएको खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै पहिलोपटक युरोको सेमिफाइनलमा प्रवेश गरेको हो।
फ्रान्सको जितमा अतिरिक्त समयमा इभ पेरिसेटले पेनाल्टीमार्फत् गरेको गोल नै निर्णायक बन्यो।
खेलको १०२औं मिनेटमा जान्सेनले पेनाल्टी बक्समा काडिडियाटोउ डिएनीलाई फउल गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै फ्रान्सलाई पेनाल्टी प्रदान गरेका थिए। जसमा पेरिसेट चुकिनन्।
योसँगै महिला युरो च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ। अब फ्रान्सले सेमिफाइनलमा जर्मनीसँग बुधबार राति प्रतिस्पर्धा गर्नेछ।
अर्को सेमिफाइनलमा इङ्ग्ल्यान्ड र स्वीडेनबीच मंगलबार राति प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको फाइनल खेल ३१ जुलाईमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।