कोलम्बो–श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिंघेले इन्धन वितरण प्रक्रियालाई गति प्रदान गर्न र स्कूल र सार्वजनिक यातायातका लागि इन्धन उपलब्ध गराउनमा ध्यान केन्द्रित गर्न सरकारलाई निर्देशन दिएका छन्।
राष्ट्रको राजनीतिक गतिरोध तोड्न आ–आफ्नो स्थानबाट जिम्मेवारीवोध गर्न उनले वरिष्ठ सरकारी अधिकारीलाई निर्देशन दिएका हुन्।
सञ्चालित सबै इन्धन डिपोबाट विद्यार्थी ओसारपसार गर्ने गाडीहरूमा इन्धन उपलब्ध गराउन आदेश दिएका हुन्।
इन्धन अभावका कारण केही हप्ता बन्द भएपछि विद्यालय पुनः सञ्चालन हुने भएकाले मुलुकमा इन्धन संकट समाधान गर्न बैठकमा निर्देशन दिइएको थियो।
माझी, किसान र पर्यटन क्षेत्रमा लागेकालाई पनि पर्याप्त मात्रामा इन्धन उपलब्ध गराउन राष्ट्रपतिले निर्देशन दिएका हुन्।
विक्रमसिंघेले मुलुकको इन्धन कालोबजारी तत्काल समाधान गर्नुपर्ने बताउँदै प्रहरीलाई अनुसन्धान अघि बढाउन निर्देशन दिए। विदेशी मुद्रा अभावका कारण श्रीलंकाले यस वर्षको सुरुदेखि नै इन्धन अभाव सामना गर्दै आएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।