काठमाडाैं-सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड प्रि-सिजनको मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएको छ।
अप्टस स्टेडियम पर्थ अष्ट्रेलियामा शनिबार भएको खेलमा युनाइटेड प्रिमियर लिग प्रतिद्वन्द्वी एस्टन भिल्लासँग २–२ गोलको बराबरीमा रोकिएको हो।
युनाइटेडका लागि जेडान सान्चोले एक गोल गरेका थिए। एक गोल भने युनाइटेडले उपहार पाएको थियो। भिल्लाका लिओन बेली र क्यालम चेम्वर्सले बराबरी गोल फर्काए।
खेलको २५ औं मिनेटमा सान्चोको गोलबाट युनाइटेडले अग्रता लिएको थियो। ४२औं मिनेटमा म्याटी क्यासले आत्मघाती गोल गरेपछि युनाइटेड पहिलो हाफमा २-० ले अघि बढ्यो। तर, त्यो अग्रतालाई युनाइटेडले दोस्रो हाफमा जोगाउन सकेन।
५० औं मिनेटमा बेलीले गोल गर्दै भिल्लालाई २-१ मा ल्याए। त्यसपछि अन्तिम समयमा चेम्वर्सले गोल गर्दै टोलीलाई हारबाट जोगाए।
प्रि-सिजनमा युनाइटेडको यो पहिलो बराबरी हो। यसअघि युनाइटेडले लिभरपुल, मेलवर्न भिक्टोरी र क्रिस्टल प्यालेसलाई हराएको थियो। भिल्लाको पनि यो पहिलो बराबरी हो। यसअघि भिल्लाले वालसल, लिड्स युनाइटेड र ब्रिसबेन रोअर एफसीलाई हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।