काठमाडाैं-फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा जापानी क्लब उरावा रेड डाइमन्ड्समाथि सहज जित हात पारेको छ। जापानमा शनिबार भएको खेलमा पीएसजीले डाइमन्ड्समाथि ३-० को सहज जित निकालेको हो।
पीएसजीको जितमा पाब्लो साराविया, केलियन एमबाप्पे र अर्नाउड कालीमुइन्डो मुइंगाले गोल गरे।
खेलको १६ औं मिनेटमा पाब्लोको गोलबाट पीएसजीले सुरुआती अग्रता लिएको थियो। ३४ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २-० को अग्रता दिलाए।
७६औं मिनेटमा पाब्लोको स्थानमा मैदान छिरेका अर्नाउड कालीमुइन्डो मुइंगाले गोल गर्दै पीएसजीको सहज जित पक्का गरे।
प्रि–सिजनको मैत्रीपूर्ण खेलमा पीएसजीको यो लगातार तेस्रो जित हो। यसअघि पीएसजीले क्वीभिलीलाई २–० ले तथा कावासाकी फ्रन्टालेमाथि २–१ को जित निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।