फाइल तस्बिर
काठमाडाैं-नेपाली युवा टोलीका कप्तान आयुष घलानले भारतमा आयोजना हुने यू–२० साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने लक्ष्य रहेको बताएका छन्। प्रतियोगितास्थल भारतको भुवनेश्वरमा पुगेर पहिलो दिनको प्रशिक्षण सकिएपछि आयुषले फाइनलसम्म पुग्ने लक्ष्य रहेको बताएका हुन्।
‘टिमको तयारी राम्रो र सकारात्मक छ। माल्दिभ्सविरुद्धको पहिलो खेलमा तीन अंक हासिल गर्ने उद्देश्य छ। र, साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने लक्ष्य छ,’ उनले भने। वर्षायाम भएकाले मौसममा काठमाडौंभन्दा खासै फरक नपाएकाे र वर्षा नभएको अवस्थामा केही गाह्रो हुन सक्ने भए पनि टोली तयार रहेको उनले बताए।
‘यो वर्षाकै समय हो। अहिले त्यस्तो फरक छैन। घाम लाग्यो भने फरक पार्ला जस्तो लाग्छ,’ उनले भने।
च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता छ। नेपालले २५ जुलाईमा माल्दिभ्ससँग खेल्दै च्याम्पियनसिपको सुरुआत गर्नेछ। नेपालले श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ।
शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्ने छ। च्याम्पियनसिपको सबै खेल भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुनेछ।
नेपाली टोली
गोलरक्षक –ईश्वर गुरुङ, युनेश चौधरी र जियारथ शेख
डिफेन्डर–अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा र अभिषेक वाइबा
मिडफिल्डर–दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान
फरवार्ड – रोहित सुब्बा, निरञ्जन मल्ल र रोहन खड्गी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।