काठमाडौं– इरानको दक्षिणी प्रान्त फार्समा शुक्रबार आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने अन्य तीन जना अझै बेपत्ता छन्।
इरानी रेड क्रिसेन्ट सोसाइटीका प्रमुख मेहदी भलिपुरले ८९ जना फसेको र त्यहाँ उद्धारकार्य जारी रहेको बताएका छन्।
त्यसैगरी अर्ध-आधिकारिक मेहर समाचार एजेन्सीसँग कुरा गर्दै इस्टाबानका गभर्नर युसेफ कारगरले फेला पारिएका शवमध्ये १३ जनाको पहिचान भइसकेको जानकारी दिएका छन्।
हालसम्म बाढी प्रभावित क्षेत्रमा फसेका ५५ जनाको उद्धार गरिएको छ र उद्धार कार्य जारी रहेको छ। गभर्नरले शुक्रबार साँझ भारी वर्षा हुनुअघि सम्भावित जोखिम बारे कडा चेतावनी जारी नगरेको भन्दै इरानको मौसम विज्ञान सङ्गठनलाई दोषी देखाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।