काठमाडौं– बेल्जियममाथि संघर्षपूर्ण जित निकाल्दै स्वीडेन महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
लेइग स्पोर्ट्स भिलेज ग्रेटर म्यानचेस्टरमा शुक्रबार राति भएको खेलमा बेल्जियमलाई १–० ले पराजित गर्दै स्वीडेनले अन्तिम चारमा स्थान पक्का गरेको हो।
खेलको २५औं मिनेटमा स्टिना ब्ल्याकस्टेनिअसले गोल गरेकी थिइन्। तर, उक्त गोलले मान्यता नपाउँदा स्वीडेन अग्रता लिनबाट चुकेको थियो।
त्यसपछि इन्ज्युरी समयको अन्तिम समयमा लिन्डा सेमब्रान्टले गरेको गोल नै स्वीडेनलाई सेमिफाइनलमा पुग्न पर्याप्त बन्यो
अब स्वीडेनले सेमिफाइनलमा आयोजक इङ्ग्ल्यान्डसँग मंगलबार राति प्रतिस्पर्धा गर्नेछ।
अन्तिम क्वाटरफाइनलमा आज (शनिबार) राति फ्रान्स र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।