काठमाडौं– यसैसाता जर्मन क्लब बायर्न म्युनिखबाट क्याटलान क्लब बार्सिलोनामा आबद्ध भएका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की अमेरिकामा रहेको टोलीसँग प्रशिक्षणमा सामेल भइसकेका छन्।
टोलीसँगको प्रशिक्षणमा रहेका उनी बार्सिलोनाको लागि डेब्यू खेलको प्रतीक्षामा छन्। उनको डेब्यू प्रतिद्वन्द्वी रियल मड्रिड नै हुने सम्भावना रहेको छ।
लस भेगासको एलेजियन्ट स्टेडियममा हुने बार्सिलोना र रियलबीचको खेलको लागि टिक बिक्री भइसकेका छन्। जहाँ रियलले च्याम्पियन्स लिग जितेपछि आफ्नो पहिलो खेलमा बार्सिलोनासँग खेल्नेछ।
लस भेगासमा आफ्नो पहिलो अभ्यास खेलमा ओलोटसँग १–१ गोलको बराबरी खेलेको बार्सिलोनाले दोस्रो खेलमा इन्टर मियामीमाथि ६–० को फराकिलो जित निकालेको थियो।
टोलीमा लेवान्डोस्कीसँगै राफिन्हा, आन्द्रेस क्रिस्टेन्सेन र फ्रान्क केसीले पनि रियलविरुद्ध खेल्ने सम्भावना छ। लस भेगासमा हुने शनिबारको क्लासिकोको लागि प्रशिक्षक जाभी हर्नान्डेज पनि टोलीमा रहेका छन्।
उनी यसअघि भिसा समस्याका कारण टोलीसँगै अमेरिका जान पाएका थिएनन्। यी दुई टोलीले पछिल्लोपटक ला लिगामा २१ मार्चमा प्रतिस्पर्धा गरेको थियो। जसमा बार्सिलोना ४–० ले विजयी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।