काठमाडौं - नेपाल राष्ट्र बैंकले ४/१२ को नीतिमा संशोधन गरेको छ।
एउटै बैंकबाट १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाइने व्यवस्था गरेको गर्भनर महाप्रशाद अधिकारीले शुक्रबार मौद्रिक नीति जारी गर्दै जानकारी दिए।
यसअघि धितो राखि एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइने व्यवस्था रहेकोमा अब एउटै बैंकबाट १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।