काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार प्रशिक्षक थापालाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ।
एन्फाले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थापालाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो। थापाले गत संस्करणको ए डिभिजन लिगमा विभागीय क्लब एपीएफ क्लब सम्हालेका थिए।
थापाले यसअघि पनि महिला टोली सम्हालिसकेका छन्। यस्तै, एन्फाले वृन्दा देवानलाई महिला टोलीको टोली म्यानेजरमा नियुक्त गरेको जनाएको छ।
एक हप्ता सरेको महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ। यसअघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो।
प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगालदेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन्। नेपालले यसअघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो।
विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले नेपाललाई हराउँदै जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।